भोजपुरबाट इञ्जिनियर र सबइञ्जिनियर घुससहित रंगेहात पक्राउ


 


भोजपुर, असार ३

भोजपुरको हतुवागढी गाउँपालिकाबाट बाटो मर्मतको भुक्तानीका लागि सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा इञ्जिनियर र सबइञ्जिनियर घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले गाउँपालिकामा कार्यरत इञ्जिनियर मिसुहाङ किँरात रु ५० हजार र सोही कार्यालयमा कार्यरत सब इञ्जिनियर नइन्द्र पारोहाङ राई रु २० हजार घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ परेका हुन् । पक्राउ परेका दुबैलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको अख्तियारले जनाएकाृ छ ।

प्रकाशित मिति: ३ असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्