पूर्वमहान्यायाधिवक्ता संग्रौला भन्छन् कांग्रेसले संसदमा देखाएको व्यवहार नैतिक अबमुल्यनको पराकाष्ठा


 


काठमाडौं पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौलाले नेपाली कांग्रेसले संसदमा नैतिक अबमुल्यनको पराकाष्ठा प्रस्तुत गरेको बताउनु भएको छ । उहाले प्रधानमन्त्रीलाई बोल्न नदिएर कांग्रेसले यस्तो व्यवहार देखाएको बताउनु भएको हो ।

सामाजिक सञ्जालबाट उहाले अगाडी भन्नुभएको छ, ‘गूठीको आन्दोलनमा संस्कृति बचाउने हजारौं मानिस सरिक छ्न। तर संस्कृति मास्नेहरु यस आन्दोलनलाई प्रयोग गर्दैछन। उनीहरु जातिय लंडाइ चलाउने खेल खेल्दै छन। कांग्रेसले यसलाइ आफ्नो पक्षमा पार्न आज संसदमा यो हरकत गरेको हो भने इतिहासमा यो उस्को सबै भन्दा ठूलो भुल हुने छ। यस्को शिकार बामपंथी होइन लोकतन्त्र हुने छ।’

यस्तो छ उहाको विचार

नेपालमा संबिधान छ। संबिधान अनुसार सरकार बनेको छ। कसैलाइ सरकार मन नपर्न पनि सक्छ। तेसैले संसदमा प्रतीपक्ष हुन्छ, र उस्ले जनताका अवाजहरु बोल्छ। तर प्रतीपक्षको आज संसदको ब्याबाहार नैतिक अबमुल्यनको पराकाष्ठा भयो। आलोचना यस अर्थमा होइन कि उस्ले प्रधानमन्त्रीलाई बोल्न दिएन। आलोचना यस अर्थमा हो, कांग्रेस नै कांग्रेस नरहेको भान भयो।

१. कांग्रेसले इतिहासमा केही गम्भीर गल्ती गरेको छ। यस्ले पहिलो संसद बिगठन गर्यो। आज हामी तेसैमा उम्रीएको अराजकताको पीडा भोग्दै छौँ। मनमोहन अस्पतालमा थिए। कांग्रेसले केही दिन कुर्न सकेन अबिस्वासको प्रस्तावका लागि। के हो लोकतन्त्र रु सत्ता जान नपाएको पिडा देखिन्छ कांग्रेसमा। कांग्रेसले त जनताका आवाज बोक्ने होला ! कांग्रेसले तेसबेला पन्च सङ्ग मिलेर सरकार बनायो। के के भयो तेस्पछी ? हामीले देखेकै छौं।

२. गत निर्बाचन देखी नै बामपंथीहरुलाइ सत्तामा जान रोक्न पस्चिमी शक्ति लागि रहेको छ। तर सरकारले यो चालमात्र नपाएको होइन, आइएनजिओ का मालिकहरुको घेराबन्दीबाट सत्ताधारी दल पनि बच्न सकेन। सरकार बने देखि पेटिकोट लगाएर आउने देखि, दौरा सुरुवाल लगाका बहुरुपिहरु सडकमा बितन्डा गरि रहेका छ्न। सरकारले भेउ नै पाएन। सरकारका सल्लाहकारले नै सरकार हाइज्याक गरे भन्छ्न मानिसहरु।

३. गुठी बिधेक पनि कसैको प्रायोजन नै थियो। हुन सक्छ, इन्डोनेसियामा भएको बामपंथीहरुको कत्लेआमको योजना बन्दै छ नेपालमा कतै। तर बामपंथी नेताहरु पनि यिनिहरुकै मोहरा बन्न सक्ने खतरा नभएको छैन। वंहाहरुले बुज्नु नै होला। वंहाहरु गफगर्ने थुप्रै कसैका मानिस होलान।

४. गूठीको आन्दोलनमा संस्कृति बचाउने हजारौं मानिस सरिक छ्न। तर संस्कृति मास्नेहरु यस आन्दोलनलाई प्रयोग गर्दैछन। उनीहरु जातिय लंडाइ चलाउने खेल खेल्दै छन। कांग्रेसले यसलाइ आफ्नो पक्षमा पार्न आज संसदमा यो हरकत गरेको हो भने इतिहासमा यो उस्को सबै भन्दा ठूलो भुल हुने छ। यस्को शिकार बामपंथी होइन लोकतन्त्र हुने छ।

५. लोकतन्त्र जोगाउने हो भने अब ढिलो नगर्नुहोस। तपाइँहरु घेरिनु भको छ थाहा पाउनुहोस। गुठी बिधेक तत्काल खारेज गर्नुहोस। को को मानिस बिदेशीका लागि हरियो साप जस्तो भएर काम गर्दै छ खोज्नु होस।

प्रकाशित मिति: ४ असार २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्