पाँचथर अपडेट ; ७८ हजार ५ सय रुपैँया लुटे पछी युवतीको हत्या


 


पाँचथर । मंगलबार हिलिहाङ –६ चित्ते भन्ने ठाँउमा एनएमबी माईक्रोफाईनान्स गोपेटार शाखामा काम गर्ने फिल्डको कर्मचारी सुजता तामाङको धारीलो हतियार प्रहार गरी हत्या भएको थियो । दुइवटा समुहको बैठक सकि कार्यालय तर्फ फर्किदै गरेकोे अवस्थामा उनको हत्या गरिएको अवस्थामा उनको शव फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यलयको प्रारम्भकि अनुसन्धानबाट युवतिको साथमा भएको नगद रु ७८ हजार ५ सय रुपैँया हत्यामा संलग्नहरुले लगेको खुल्न आएको छ । युवतिको हत्या लुटपाटकै लागी गरिएको हो कि अन्य अरु कारण पनि हो अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ । युवतीको शव पोष्टमाटमको लागी मंगलबार राति जिल्ला अस्पताल पाँचथरमा ल्याइएको छ ।

प्रकाशित मिति: ४ असार २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्