नेपालमा भित्रियो मनसुन, कुन प्रदेशमा कति बर्षा हुन्छ हेर्नुहोस्


 


काठमाण्डौँ, असार ५

आज (बिहीबार) देखि नेपालमा मनसुन भित्रिएको छ । यस बर्ष केही दिन ढिला गरी मनसुन भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरेको छ र क्रमश मध्य हुँदै पश्चिमतर्फ मनसुन विस्तार हुने विभागले जनाएको छ । केही दिनभित्रै नेपालभर मनसुन फैलिने छ। नेपालमा सामान्यतया मनसुन १० जुनमा प्रवेश गर्ने गर्दछ। यस आधारमा यस वर्षको मनसुन १० दिन ढिलो शुरू भएको छ।

नेपालमा साधारणतया जुन देखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ। उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा हुने गर्दछ।

कुन प्रदेशमा कति बर्षा ?

यस वर्षको मनसुनी वर्षा नेपालको प्रदेश १ , प्रदेश २, प्रदेश ३ र प्रदेश ५ को केहि पश्चिमी भूभागहरुमा औसत भन्दा कम वर्षा हुने अनुमान गरिएको छ भने बाँकी प्रदेशहरु गण्डकी, कर्णाली र सुदुर पश्चिममा औसत वर्षा हुने अनुमान गरिएको छ ।

सामान्यतया सरदर वर्षा भन्नाले स्थान विशेषको लामो समयको (करिब ३० वर्ष) औसत वर्षालाई बुझिन्छ। सरदर वर्षाको ९० प्रतिशतदेखि ११० प्रतिशत सम्म वर्षालाई सामान्य वर्षा मानिन्छ भने सो भन्दा कम र बढी वर्षा भएमा क्रमशः न्यून वा अधिक वर्षा भएको मनिन्छ। जुन तलको चित्रमा देखाईएको छ ।

प्रकाशित मिति: ५ असार २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्