मेयर फागोको पहलमा उर्लाबारी–मधुमल्ला सडक खण्डको खाल्डो पुरियो


 


उर्लाबारी, असार ६

उर्लाबारी–मधुमल्ला सडक खण्डको कालोपत्रे बनिनसक्दै भत्किएर खाल्डैखाल्डा बनेपछि उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोको पहलमा क्रसर ब्यवसायीहरुले गिट्टी हालेका छन् ।

कालोपत्रे सडकमा ठूलठुला खाल्डा बनेपछि यात्रु तथा सवारी साधनहरु समस्यामा परेका थिए । स्थानीयबासीहरुको गुनासोको आधारमा मेयर फागोले उर्लाबारी क्षेत्रका क्रसर ब्यवसायीहरुलाई गिट्टी हालिदिन अनुरोध गर्नुभएको थियो । सोही आधारमा आज क्रसर ब्यवसायीहरुले खाल्डाखुल्डीमा गिट्टी हालेका हुन् । उक्त सडक खण्डको उर्लाबारी क्षेत्रभरी भएका खाल्डा पुर्ने जनाइएको छ ।

२०६९ जेठ ४ मा तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी काठमाडौंको प्रेरा–ज्योति जेभीले सडक कालोपत्रेको ठेक्का लिएको थियो । ८ करोड ९४ लाख रुपैयाँमा ठेक्का लागेको थियो । ठेक्का सम्झौता भएको ८ वर्ष बितिसक्दा समेत ठेकेदारले सडक कालोपत्रे निर्माणको काम सम्पन्न गरी हस्तान्तरण गरिसकेको छैन । ठेकेदार कम्पनीलाई अख्तियारमा मुद्दा परेको छ ।

प्रकाशित मिति: ६ असार २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्