डुबेर एकको मृत्यु, ‘दुई जना बेपत्ता’


 


गोरखाको दरौंदी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ। दुई जना बेपत्ता छन्।

पालुङटार नगरपालिका १ मसानेठाँटीकी सरिता गुरुङको नदीमा डुबेर शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

सोही ठाउँका ११ बर्षिय अश्विन विश्वकर्मा र राजन श्रेष्ठ भने बेपत्ता छन्। उनी पौडी खेल्न दरौंदी नदी पुगेका थिए। बेपत्ता भएका बालकहरुको खोजी सुरु गरेको प्रहरी उपरीक्षक भोला रावलले बताए। नदी धमिलो भएकोले बेपत्ता भएकाहरुको खोजीमा समस्या भइराखेको छ।

प्रकाशित मिति: ७ असार २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्