“केटी मिलाईदिन” प्रहरीलाई एक हजार दिने पक्राउ


 


काठमाण्डौँ । अनैतिक शारीरिक सम्पर्कका लागि युवती मिलाइदिन प्रहरीलाई रकम घूस दिन खोज्ने दुई जना पक्राउ परेका छन् ।
रौतहटका वीरेन्द्र चौधरी र रुपन्देहीका चक्रराज पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख डिएसपी कौशल बुढाथोकीका अनुसार उनीहरु शनिबार राति युवतीको खोजीमा रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरणको विपरीत दिशामा बसेर युवतीको खोजिरहेका थिए । सिंहदरबार वृत्तबाट गएका सादा पोशाकका प्रहरीलाई ‘केटी मिलाइदिए एक हजार दिने’ बताएपछि उनीहरुलाई पक्राउ गरिएको बुढाथोकीले बताएका छन् ।

प्रकाशित मिति: ८ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्