लाइभ टेलिभिजन अन्तर्वार्तामै नेताले पत्रकारलाई कुटेपछि (भिडियोसहित हेर्नुहोस्)


 


काठमाण्डौँ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) एक नेताले टेलिभिजन लाइभ शो मै पत्रकारलाई कुटेका छन्। पीटीआईका नेता मसरूर अली सियालले कराँची प्रेस क्लबका अध्यक्ष इम्तियाज खान फरनलाई लाइभ अन्तरवार्ताकै क्रममा कुटेका हुन्।

यस घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। मसरूर र इम्तियाज न्युज लाइन विद आफताब मुघेरी शोमा सहभागी थिए। दुवैबीच अन्तर्वार्ताका क्रममा भएको विवादले उग्र रुप लियो। त्यही क्रममा रिसाएका सियालले इम्तियाजलाई कुटपिट गरेका हुन्। यी दुई बाहेक अर्का एक पाहुना पनि लाइभ शोमा सहभागी थिए।

भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा इमरान खान र उनको पार्टीको आलोचना भइरहेको छ। पत्रकार नायला इनायतले लेखेका छन्, ‘के यही हो नयाँ पाकिस्तान? भ्वाइस अफ कराँचीका सदस्य वासई जलिलले लेखेका छन्, ‘केही दिन पहिले पीटीआईका मन्त्री फवाद चौधरीले समी अब्राहमलाई थप्पड हानेका थिए। अब यस्तो भयो, पत्याउनै नसकिने!

 

प्रकाशित मिति: ११ असार २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्