फ्याक्ट चेकः के गगन थापाले बृद्धभत्ता बढाउने कार्यको विरोध गरेका थिए?


 


काठमाडौं अर्थमन्त्री युवराज खतिवडाले आर्थिक बर्ष २०७६।७७ सालको बजेटमा बृद्धभत्तालाई बढाएर रु ३००० हजार पुर्याए पछि सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरु बिचमा जुहारी चलि रहेको छ। यसै विच नेकपा महासचिव विष्णु पौडेलले संसदको रोष्टमबाट कसैको हिम्मत भए समाजिक सुरक्षा भत्ता बढाउने कार्यको विरोध गरेर देखाउन चुनौति दिएका थिए।

नेकपा महासचिव पौडेलको चुनौति स्विकार गर्दै नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले आफुले विगतमा पनि बृद्धभत्ता बढाउने कार्यको विरोध गरेको र हाल पनि विरोध गर्ने हिम्मत राख्ने बताए छन। संसदको रोष्टमबाट सांसद थापाले “………. पाँच हजार बृद्ध भत्ता पुर्याउँछु भन्दा हचुवाको भरमा बृद्ध भत्ता बढाउन पाईदैन भनेर विरोध गरेको मात्र हैन, कानुन बनाउँदै गर्दा ७० बर्षलाई आधार बर्ष बनाउनु पर्छ उमेर झार्न पाँइदैन भन्दै कानुन संसोधन गर्न लगाउने सांसद हूँ म” भन्दै विष्णु पौडेलको चुनौतीको जवाफ दिए।

पोष्टखबरले माननीय गगन कुमार थापाको उक्त दावी सत्य हो होइन भनि फ्याक्ट चेक गरेको छ।पोष्टखबर टिमलाई माननीय गगन कुमार थापाको एक पुरानो भिडियो प्राप्त भएको छ। भिडियो खिचिएको मिति यकिन गर्न पोष्टखबरको टिम असमर्थ भए पनि यो भिडियो सांसद थापाले ताप्लेजुङ्गमा आयोजित एक चुनाव सभालाई सम्बोधन गर्ने क्रममा तयार पारिएको खुलासा भएको छ। चुनावी सभालाई सम्बोधन गर्दै सांसद थापाले “एमालेका साथीहरुले नेपाली कांग्रेस आए बृद्धभत्ता खोस्ने हल्ला चलाएका छन तर नेपाली कांग्रेस सरकारमा आए बृद्ध भत्ता खोस्ने हैन, हाल दिँदै आएको बृद्धभत्ता बढाई रु पाँच हजार पुर्याउने” आश्वासन दिँदै गरेको देखिन्छ। यति मात्र हैन उनले नेपाली कांग्रेसको सरकारले बेरोजगारलाई रोजगारी प्रदान गर्ने, रोजगारी दिन नसके बेरोजगारी भत्ता दिने समेत आश्वासन दिएका थिए।

यसका साथै उनले शेर बहादुर देउवा सरकारले बृद्धभत्ताको आधार बर्ष ७० बाट ६५ बर्षमा झार्ने कार्यको विरोध गरेको र कानुनमा संसोधन गरेको दावी समेत गरेका छन। तर उनको यो दावीमा समेत सत्यता छैन। संसदिय चुनाव समाप्त भई नेपाली कांग्रेसको हार पछि सरकार हस्तातरणको केहि दिन अघि (२०७४ साल माघ १० गते) देउवा सरकारले मन्त्रीपरिषदको निर्णयबाट बृद्धभत्ताको आधार बर्ष ७० बर्ष ६५ बर्षमा झारेको हो नकि कुनै कानुन बनाइ उक्त उमेरको हद कम गरेको हो

सरकार हस्तान्तरण गर्नु केहि दिन अघिमात्र देउवा सरकारले गरेको उक्त निर्णय लोकतान्त्रिय मुल्य र मान्यता विरुद्धमा भएको भन्दै देउवा सरकारको चौतर्फी विरोध भएको थियो। पोष्टखबर टिमले सांसद थापाले उक्त कार्यको कँही कतै विरोध गरे कि भनेर उक्त बखतका राष्ट्रिय पत्रिका देखि उनको सामाजिक संजालमा खोजी गर्दा सांसद थापाले उक्त कार्यको कँही कतै स्पष्ट शब्दमा विरोध जनाएको वाइट वा पोष्ट फेला पार्न सकेको छैन। (कसैले प्रमाण पेश गरेमा हामी सचउन तयार छौं)

त्यसैले बृद्धभत्ता बढाउने कार्यको विगत देखि कै विरोधी हुँ भनि सांसद गगन कुमार थापाले दावी गरे तापनि यस विषयमा अहिले सम्म उनको कुनै स्पष्ट धारण छैन। उनी समय र परिस्थिती अनुसार भिडलाई खुसी पार्ने गरि कहिले बृद्धभत्ता बढाउन कार्यको समर्थन गर्छन भने कहिले बृद्धभत्ता बढाउनु हुँदैन भन्दै बृद्धभत्ताको विरोध गर्छन। उनले विभिन्न समयमा दिएका अभिव्यक्तीहरु आफैमा विरोधाभाष युक्त छन।

प्रकाशित मिति: १२ असार २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्