तीन दरबार सर्वसाधरणका लागि खुल्ला



ratna debi

काठमाडौँ, २८ वैशाख । नेपाल ट्रस्टको कार्यालयले तीनवटा दरबार अवलोकन गर्न सर्वसाधारणलाई खुल्ला गर्ने निर्णय गरेको छ ।

कार्यालयका सचिव भीमप्रसाद उपाध्यायले दिएको जानकारीअनुसार शुल्क लिई अवलोकन गर्न खुल्ला गरिएका दरबारमा रत्नमन्दिर दरबार (पोखरा), दियालो बङ्गला दरबार (चितवन) र कान्ति ईश्वरीय दरबार (हेटौंडा) रहेका छन् ।

गत वैशाख ८ गतेको निर्णयअनुसार रत्नमन्दिर दरबार अवलोकन गर्न विदेशी नागरिकलाई रु एक हजार, स्वदेशी नागरिकलाई रु १०० र विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई रु ५०, दियालो वङ्गला दरबार अवलोकन गर्न विदेशी नागरिकका लागि रु ५००, स्वदेशी नागरिकलाई रु ५० र विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई रु २५ निर्धारण गरिएको उनले जानकारी दिए।

यसैगरी, कान्तिईश्वरीय दरबारका लागि विदेशी नागरिकका लागि रु १००, स्वदेशी नागरिकका लागि रु २५ र विद्यार्थी तथा ज्येष्ठ नागरिकका लाग रु १० शुल्क निर्धारण गरिएको छ ।

सचिव उपाध्यायले निकट भविष्यमा अन्य दरबारको तयारी गरी खुल्ला गरिने जानकारी दिए। रासस

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News