पृथ्वीभन्दा सय गुणा ठूलो ग्रह फेला



graha

पृथ्वी भन्दा एक सय गुणा ठूलो ग्रह पत्ता लागेको छ । अमेरिकी अन्तरिक्ष नियोग नासाको केपलर दूरबिनले एलियन तारालाई परिक्रममा गर्दै गरेको ग्रह पत्ता लगाएको हो ।

यो ग्रहको आकार पृथ्वीको भन्दा सय गुणा ठूलो छ । केपलर दूरबिनले अरु ९ वटा साना ग्रह पनि पत्ता लगाएको छ । यी ग्रहमा तरल अवस्थामा पानी रहेको हुन सक्ने र जीवनको सम्भावना पनि हुन सक्ने वैज्ञानिकले बताएका छन् ।

केपलर दूरबिनले एक वर्षमा पत्ता लगाएका १२ सय ८४ नयाँ ग्रहको सूचीमा यसलाई समेटिएको छ । यो यसअघिको भन्दा दोब्बर भन्दा बढी हो ।सौर्यमण्डल बाहिर कुनै पनि ग्रहले तारालाई परिक्रमा गरेको यो नै सबै भन्दा ठूलो ग्रह रहेको नासाले जनाएको छ ।

स्पेस एजेन्सीका वैज्ञानिकले यस बारेमा मंगलबार छलफल गरेका छन् । किपलर दूरबिनले दिएको जानकारीको अध्ययनबाट पृथ्वी र नयाँ पत्ता लागेको ग्रह बिच कस्तो समानता छ भन्ने बारे पत्ता लगाउन सहयोग मिल्ने छ ।

नासाको किपलर मिसनका वैज्ञानिक डा‍. नाटालिए बाटाल्हाले आकाश गंगामा १० अर्ब भन्दा धेरै ग्रह छन्, जसमा जीवनको सम्भावना हुन सक्छ ।

यस्ता जीवनको सम्भावना रहेको ग्रह पृथ्वीबाट ११ प्रकाश वर्षको दूरीमा रहेको डा. बाटाल्हाले बताउनुभयो । तर यसका लागि अध्ययनको खाँचो रहेको वैज्ञानिकको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News