सत्तामा नभएपछि कांग्रेस नेतालाई श्रीमती खुसी पार्नै गाह्रो


 


काठमाडौं । कम्युनिष्टहरु भन्छन् ‘नेपाली कांग्रेस सामन्तहरुको पार्टी हो । उनीहरुलाई मोजमस्ती पाए अरु केही चाहिन्न ।’ वास्तविकता हेर्ने हो भने त्यसलाई असत्य मानिहाल्न सक्ने अवस्था छैन । २०४६ सालको जनआन्दोलन सफल भई बहुदलीय प्रजातान्त्रिक व्यवस्था सुरु भएपछि अहिलेसम्म सबैभन्दा बढि सत्तामा नेपाली कांग्रेस बसेको छ । पञ्चायतकालीन समयबाट कांग्रेसमा राजनीति गरेर सांसद जितेका अधिकांश नेता मन्त्री र राजनीतिक नियुक्ति खाएर लाभको पदमा पदासिन भएका छन् ।

तर, २०७४ सालमा संघियतालाई सस्थागत गर्न भएको तीन तह (स्थानीय, प्रदेशसभा र संघीय संसद) मा कांग्रेसले अप्रत्यासित हार व्यहाेर्याे । संघमा र ७ प्रदेश कतै पनि कांग्रेस सत्तामा छैन । आफ्नो पार्टीको मुख्य आधार क्षेत्र मधेस भन्ने कांग्रेसले पुर्वी मधेसका ८ जिल्ला रहेको प्रदेश नं २ मा त प्रमुख प्रतिपक्षी दलको हैसियतसमेत गुमाएको छ । पूर्णतया सत्ता बाहिर बस्नुपर्दा कांग्रेसका नेताहरु अहिले ‘रानो विनाको मौरी’ जस्तै बनेका छन् ।

अहिले कांग्रेस नेताहरुलाई सबैभन्दा बढि घर सम्हाल्न ग्राहो भएको अनौपचारिक कुराकानीमा बताउँने गर्छन् । नेताहरुले सत्तामा रहँदा श्रीमती, परिवार र आफन्तलाई मोजमस्ती र भुलभुलैयामा रमाउन सिकाए । तर, अहिले कांग्रेस ५ वर्ष नै सत्ताको स्वाद चाख्न नपाउँने अवस्थामा पुगेपछि नेताहरुलाई सबैभन्दा बढि घर परिवार सम्हाल्न गाह्रो भएको छ । सत्तामा भएपछि श्रीमती, छोराछोरी र परिवारका मानिसहरुलाई सबैले विदेशबाट महंगा महंगा साडीलगायतका पहिरनका सामान, मोवाइल, ल्यापटप, टिभीलगायतका सामान उपहार ल्याइदिएर गुन लगाउँथे ।

सत्ताको खेल तत्काल परविर्तन नहुने र कांग्रेस ५ बर्षसम्म सत्तामा नजाने निश्चित भएपनि विदेशवाट आउनेले र व्यापारीले समेत कांग्रेसीहरुलाई पुच्छ छाडेका छन् । कर्मचारी, सुरक्षा निकायका अधिकारीहरुले त झन फोन गर्न त परैको कुरा भयो, उठाउन समेत छोडेका छन् । कांग्रेसका एक नेता भन्छन्, ुपहिला पहिला त व्यापारी, उद्योगपति, बैंकर कर्मचारी र सुरक्षा निकायका पदाधिकारीले फोन गरेर हैरान पार्थे, विदेश भ्रमणको निम्तो आएको आयै गथ्यो । तर, अहिले त उनीहरुले फोन गर्नु त परैको कुरा भयो, गरेको फोन समेत रिसिभ गर्दैनन् ।

मन्त्री र सांसद भएको बेलामा पटक पटक श्रीमानसँग विदेश भ्रमणका पुगेका श्रीमतीहरु अहिले डेढ वर्षसम्म एक पटक पनि विदेश जान नपाएपछि कांग्रेस र तिम्रो हैसियत सकियो, डेढ वर्षसम्म एक पटक पनि विदेश जान पाइएन भनेर खिजाइ रहेका छन् । एक जना अमेरिकाका कांग्रेसको जनसम्पर्क समितिका सदस्य एक नेताकोमा पुग्दा सबैभन्दा पहिला आफूलाई श्रीमतीसहित अमेरिका भ्रमणको भिषा पठाउने भए मात्रै कुरा गर्ने भनेर सर्त राखेको बताउँदै थिए । ‘अहिले कांग्रेस नेताहरु विदेश जान पाएका छैनन कि क्याहो, जुन नेताकोमा गयो भिषा पठाइदिन पर्यो मात्रै भन्छन् । आफूलाई मात्रै होइन श्रीमतीसहित । आज विहान एक नेतालाई भेट्न गएको त श्रीमतीसहित भ्रमणको भिषा पठाउने भए मात्रै कुरा गर्ने नत्र नगर्ने सर्त पो राखे’ ती जनसम्पर्क समिति सदस्यले गुनासो पोख्तै भने ।

अहिले कांग्रेस नेताहरु विदेश जान पाए भने आफूलाई मात्रै बोलाए पनि श्रीमती पनि लगेर जान्छन् । केही दिन अघि डेनमार्कमा भएको कांग्रेसका जनसम्पर्क समितिहरुको भेलामा उपसभापति विमेलेन्द्र निधि र नेता डा. मिनेन्द्र रिजाल श्रीमतीसहित पुगे । जवकी उनीहरुको पार्टीगत कार्यक्रम थियो । त्यहाँ श्रीमतीलाई लैजानु पर्ने कुनै अर्थ थिएन । यो प्रतिनिधि उदाहरण मात्रै है, कांग्रेसका नेताहरु अहिले आफ्नो घर बचाउन र श्रीमती खुसी पार्न यस्तै गरिरहेका छन् । विन्ती भाउँ चढाएर भिषा मगाउने, त्यसपछि श्रीमती खुसी पार्नलाई विदेश पुग्ने ।

प्रकाशित मिति: १५ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्