उर्लाबारीमा शिशु फाल्ने घटनामा संलग्न पुरुष पक्राउ


 


उर्लाबारी, असार १५

मोरङको उर्लाबारी नगरपालिका – ६ स्थित मावा खोला किनारको काँसघारीमा शिशुलाई छाडेर भाग्ने घटनामा संलग्न खोटाङ घर भएका एक पुरुष पक्राउ परेका छन् ।

शिशुलाई छाडेर भाग्ने आमा इलामको माङसेबुङ गाउँपालिका–६, स्थायी घर भई उर्लाबारी नगरपालिका ६ मा बस्दै आएकी माया राईलाई यसअघि नै इलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरेर ज्यान सम्बन्धी मुद्धा दर्ता गरिसकेको छ ।

खोटाङको केपिलासगढी गाउँपालिका ७ घर भई काठमाण्डौँमा बस्दै आएका ४० वर्षिय नन्दकुमार राईले बिवाह गर्छु भनेर एक महिनासँगै बसेर गर्भवनी बनाएर बेवास्था गरेपछी आमा मायाले जन्म दिएर शिशुलाई फ्यालेकी थिईन् ।  राईले विवाह गर्ने प्रलोभन देखाएर मायालाई गर्भवती बनाएर छाडेको र जन्मिएको शिशुको मृत्यु भएपछि उनी पक्राउ परेका हुन् । ती पुरुषले वेवास्ता गरेपछि ती महिलाले बच्चा फाल्न बाध्य भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

काँसघारीमा फालिएको अवस्थामा २०७५ चैत २५ गते शिशु फेला परेको थियो । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट गएको प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिना समेतको टोलीले त्यो शिशुलाई उद्दार गरी उपचारका लागि स्थानीय गोदावरी अस्पताल हुँदै नोबेल अस्पताल विराटनगर पुर्याएकोमा उपचारका क्रममा चैत २८ गते निधन भएको थियो । असार १३ गते काठमाण्डौँको कपनबाट पक्राउ परेका नन्दकुमार राईलाई जिल्ला अदालत मोरङमा म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १५ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्