पूर्वप्रधानमन्त्री गिरिजाप्रसादको जन्मदिनमा लाख बत्ती बालिने


 


काठमाडौं नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९६औँ जन्मजयन्तीका अवसरमा लाखबत्ती बालिने भएको छ ।

कांग्रेस चितवनले नारायणी नदी किनारमा लाखबत्ती बाल्नका लागि जिल्ला सदस्य झलक गुरुङको संयोजकत्वमा तयारी शुरु गरिएको हो । दुई सय पालामा एक लाखभन्दा बढी बत्ती बाल्ने तयारी गरिएको संयोजक गुरुङले बताए ।

यससँगै नारायणी किनारमा हुने गण्डकी नारायणी संरक्षण महाआरतीको बुधबारको खण्ड कोइरालाको नाममा समर्पित गरिने र यसका लागि लाग्ने सम्पूर्ण खर्च कांग्रेस चितवनले व्यहोर्न लागेको महाआरतीका सल्लाहकार टंकनाथ पौडेलले जानकारी दिए ।

लाखबत्ती र दीप प्रज्वलनमा कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा. मीनेन्द्र रिजालको समेत उपस्थिति हुने जनाइएको छ । पार्टीका जिल्ला सभापति जीतनारायण श्रेष्ठले आफ्ना स्वर्गीय नेताको सम्झनामा लाखबत्ती बालेर पहिलोपटक जन्मदिन मनाउन लागिएको जानकारी दिए । –रासस

प्रकाशित मिति: १७ असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्