कांग्रेसमा देउवा विरुद्ध असन्तुष्टको गोप्य बैठक


 


काठमाडौं, असार १८

नेपाली कांग्रेसका असन्तुष्ट पक्षले संघीय संरचना अनुसार पार्टीका सबै निकायहरु निर्वाचनबाट पूर्णता दिनुपर्ने निष्कर्ष निकालेका छन्। नुवाकोट सभापति जगदिशनरसिंह केसीको निवास गोगंबुमा मंगलबार साँझको खानासहित नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, शशांक कोइरालालगायतका नेताहरुको बैठकले विधानको संकक्रमणकालीन व्यवस्थालाई टेक्दै सभापति शेरबहादुर देउवाले कांग्रेसलाई तदर्थवादमा लैजान खोजेको निष्कर्ष निकालेका हुन्।

पार्टीको नयाँ विधानको व्यवस्था अनुसार प्रदेश देखि वडासम्मको संरचना निर्वाचनबाटै छान्नु पर्ने जनाउँदै बैठकमा सहभागी एक नेताले भने, ‘भागबन्डाबाट होइन निर्वाचनबाट संरचनाहरु गठन हुनुपर्छ।’

पार्टीका विभागहरुलाई वर्गिकरण गरेर सबै पक्षको सम्मान हुनेगरी गठन गर्नुपर्ने निष्कर्ष निकाल्दै एक सहभागीले भने, ‘राम्रो जति हाम्रोलाई नराम्रो जति अर्को पक्षलाई दिनुभएन। सबैलाई सम्मान हुनेगरि विभाग गठन हुनुपर्छ।’

नागरिक दैनिकका अनुसार पार्टीका सबै भ्रातृ संगठनहरुलाई बढिमा छ महिनाको समय दिएर महाधिवेशनमा लैजानुपर्ने उनीहरुले निष्कर्ष निकालेका छन्।

प्रकाशित मिति: १८ असार २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्