गाउँको मुहार फेर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम, रोजागरी पाएपछि नागरिक खुशी



सिन्धुली । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यान्वयनमा ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमले धेरै विपन्नको मुहारमा खुशी भरेको छ । यो कार्यक्रमले विपन्नको मुहारमा खुशी त भरेको छनै स्थानीय तहले कार्यक्रम छनाैटमा विवेक पुर्याउँदा गाउँको मुहार नै परिवर्तन हुने गरी विकासका केही काम पनि भएका छन । यस्तै भएको छ सिन्धुलीको एक नगरपालिकामा ।

जिल्लाको कमलामाइ नगरपालिका वडा नम्बर ४ को आहाले खाेलावाट बस्ती जाने गाेरेटाेबाटोमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सिढीँसहितको बाटो निर्माण भएको छ भने ३० जना विपन्नले रोजगारी समेत पाएका छन ।

मंगलबार प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको आहाले खाेलावाट बस्ती जाने गाेरेटाे वाटाेमा सिढीँ निर्माण सम्पन्न भएपछि उक्त कार्यक्रममा रोजगारी पाएका स्थानीयले खुशी हुँदै तस्बीर कैद गराएका छन । १ लाख ८४ हजार ८ ६५ रूपैयाँको कुल लागतमा सिँढी निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News