आइफा अवार्डबाट पछि हट्यो सरकार


 


काठमाडौं । नेपालमा हुने भारतीय फिल्म अवार्ड आइफा नहुने भएको छ । अवार्डको लागि नेपाल सरकारले सहयोग गर्ने भन्ने विषयमा चौतर्फी रुपमा आलोचना भएपछि आफ्नो निर्णय फिर्ता लिएको हो । सरकारले नै करोडौं रुपैयाँ खर्चेर भारतीय फिल्म अवार्ड आइफा आयोजना गर्न लागेको भन्दै विरोध भएको थियो ।

सरकारले पर्यटन वर्ष २०२० लाई सहयोग हुने गरी नेपालमा आइफा अवार्ड गर्न लागिएको भने पनि चोतर्फी रुपमा विवाद आएको थियो । अवार्डका लागि सरकारले पूर्वाधार निर्माणका गर्न नसकेको अवस्थामा अवार्ड समारोह नहुने भनिएको हो ।

उक्त अवार्डका लागि काठमाडौं महानगरपालिकाले ४४ करोड रुपैयाँ अनुदान दिने तयारी गरेको थियो । अवार्ड नगराउनको लागि बुधबार संसदीय समितिले निर्देशन दिएको थियो ।

प्रकाशित मिति: १८ असार २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्