पथरीशनिश्चरेबाट स्वस्थ जीवन प्रबद्र्धन अभियान सुरु हुने


 


पथरीशनिश्चरे, असार १८

पथरीशनिश्चरे नगरपालिकाबाट मोरङ जिल्लामा स्वस्थ जीवन प्रबद्र्धन अभियान सुरु हुने भएको छ ।  प्रदेश नं. १ को सरसफाई दुतमा चयन हुनु भएका हाँस्य कलाकार सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको उपस्थितिमा पथरीशनिश्चरेबाट सो अभियान सुरु हुने भएको हो ।

स्वास्थ्य कार्यालय मोरङले आज पथरीशनिश्चरेमा पत्रकार सम्मेलनको आयोजना गरी अभियानका विषयमा जानकारी दिएको हो । कार्यालयका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार असार २१ गते पथरीको जनआन्दोलन चोकमा प्रदेशका सामाजिक विकाश मन्त्री जिवन घिमिरेको प्रमुख आतिथ्यतामा अभियानको सुरवात गरिनेछ ।

अभियान अन्र्तगत भोली असार १९ गतेबाट ५ दिनसम्म योग शिविर समेत सञ्चालन गरिनेछ । पथरीशनिश्चरे नगरपालिकाको व्यवस्थापनमा हुने अभियानमा नगरबासी युवा, विद्यार्थी, प्रहरी, सञ्चारकर्मी, कर्मचारी लगायतको उपस्थिति रहने मेयर दिलिपकुमार राईले जानकारी दिनुभयो ।

म रक्सी चुरोट र सुर्तिजन्य पदार्थ खान्न, म नियमित व्यायाम गर्छु, म स्वास्थ्य र पोषिलो खानेकुरा खान्छु, म नियमित स्वास्थ्य परीक्षण गराउँछु तथा म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु भन्ने प्रतिबद्धताका बारेमा प्रचार प्रसार गरी अभियान सफल बनाउन स्वास्थ्य कार्यालयका प्रमुख बस्नेतले आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति: १८ असार २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्