स्वतन्त्र सांसद् दिपक मनाङ्गे नेकपा प्रवेश


 


पोखरा, असार १९

गुण्डा नाइके भनेर चिनिने दिपक मनाङ्गे नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन् । बिहिबार बिहान आयोजित एक कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा नेता पृथ्वी सुब्बा गुरुङले पार्टी प्रवेश गराएका हुन् ।

मनाङ्गे गण्डकी प्रदेशका सांसद हुन् । मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका उनी नेकपाकै सहयोगमा विजयी भएका थिए । तर ज्यान मार्ने उद्योगको आरोपमा पक्राउ परी थुनामा रहेका सांसद दीपक मनाङ्गे थुनामुक्त भएपछि प्रदेश सांसदको रुपमा सपथ लिएका थिए।

प्रकाशित मिति: १९ असार २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्