अमेरिकामा शक्तिशाली भुकम्प गयो



एजेन्सी, असार २०

अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा दुई दशक यताकै सबैभन्दा बलियो भूकम्प गएको छ । भुकम्पका कारण विभिन्न क्षति र आगलागी भएको छ ।

लस एन्जलसबाट उत्तर तर्फ २४० किलोमिटरको दूरीमा पर्ने रिड्गेक्रेस्ट शहर केन्द्रविन्दुमा केन्द्र बिन्दु बनाएर भुकम्प गएको हो । अमेरिकी जिओलोजिकल सर्वे (युएसजिएस)ले ६.४ म्याग्निच्युडको भुकम्प गएको जनाएको छ । त्यहाँ आपतकालिन घोषणा गरिएको छ ।

केन्द्रविन्दु रहेको शहरमा ठूलो क्षति भएको त्यहाँका स्थानीय सञ्चार माध्यमले जनाएको कुरा एजेन्सीले जनाएको छ । भुकम्पका कारण केही मानिसहरु घाइते भएको समेत जनाइएको छ ।

उद्धारका लागि अग्निनियन्त्रकहरु एवं सुरक्षाकर्मी खटिएका छन् । यो भुकम्प अन्तिम नभएको क्यालिफोर्नियाका आपातकालीन सेवाका गर्भनर ब्राड अलेक्जेंडर ले बताएका छन् ।
भूकम्प फेरि पनि आउन सक्ने भएकाले सचेत रहन स्थानीय मेयरले आग्रह गरेकी छन् ।भुकम्प १० देखि १५ सेकेण्डसम्म रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News