बाबुरामको समाजवादी छाडेर नेकपामा पुगिन् पूर्वमन्त्री धमला सहित २० जना नेकपामा प्रवेश


 


काठमाडौं : पूर्वमन्त्री कल्पना धमला डा. बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी छाडेर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेकी छन्। नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा धमलासहितका नेताहरुलाई पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले आज बिहान स्वागत गरे।

संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टीको एकता सम्मानजनक नभएको बताउँदै आएकी धमला नेकपामा प्रवेश गरेकी हुन्। पूर्वमन्त्री धमलासँगै तत्कालीन नयाँ शक्तिका सचिवालय सदस्य देवेन्द्र पराजुली, केन्द्रीय महिला संगठनकी संयोजक मनु हुमागाईँलगायत केही व्यवसायी र गोरखाका नेता-कार्यकर्तासहित २० जना नेकपामा प्रवेश गरे।

प्रकाशित मिति: २० असार २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्