भारतद्धारा नेपालले दिइने अनुदानमा ४० प्रतिशत वृद्धि


 


काठमाडौं । भारतले नेपाललाई दिँदै आएको अनुदानमा ४० प्रतिशतले वृद्धि गर्ने भएको छ । शुक्रबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले लोकसभामा प्रस्तुत गरेको बजेटमा नेपाललाई दिँइदै आएको अनुदानमा ४० प्रतिशत वृद्धि गरिएको हो ।

यो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको पहिलो बजेट हो । त्यसैगरी सीतारमण भारतको पहिलो अर्थमन्त्री हुन् । मोदीको अघिल्लो कार्यकालमा सीतारमण रक्षा मन्त्री थिइन् ।

उक्त बजेटअनुसार नेपाललाई अब १६ अर्ब ८० करोड रुपैयाँ प्रदान गर्नेछ । सन् २०१८/१९ मा भारतीय बजेटमा नेपालका लागि १२ अर्ब रुपैयाँ अनुदान छुट्याइएको थियो ।

अघिल्लो वर्षको तुलनामा नेपालले पाउँदै आएको अनुदानमा ४० प्रतिशतले वृद्धि गरिएको भएपनि दक्षिण एसियामा भारतबाट तेस्रो धेरै रकम अनुदान पाउने राष्ट्र हो । भारतले भुटानलाई सबैभन्दा बढी अनुदान दिँदै आएको छ ।

प्रकाशित मिति: २० असार २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्