आईफा अवार्ड गरेरै छाड्छौं : प्रधानमन्त्री


 


काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले ‘आईफा अवार्ड’ रोक्नका लागि संसदीय समितिले दिएको निर्देशन अनाधिकृत भएको दावी गरेका छन्।

प्रधानमन्त्री ओलीले हल्लाको भरमा दिइएको सो निर्देशन सरकारलाई मान्य नहुने बताएका छन्। उनले अवार्डको आयोजना अनुकूल समयमा गरेरै छाड्ने दृढता पनि व्यक्त गरे।नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन उपयोगी हुने भएकाले सरकारले सो अवार्ड आयोजना गर्ने प्रधानमन्त्री ओलीको भनाई थियो। देशका लागि राम्रो र फाईदाजनक हुने भो भने अनुकूल समय मिलाएर सो अवार्ड आयोजना गर्न सरकार तयार छ, ‘प्रधानमन्त्री ओलीको स्पष्टिकरण थियो। राष्ट्रलाई हानी हुने गरेर सो अवार्ड आयोजना हुँदैन।’ यो खबर नागरिक दैनिकमा छ।

प्रकाशित मिति: २१ असार २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्