आज नेपाल बन्द हल्ला मात्रै हो


 


काठमाडौं, असार २२

नेपाल कम्युनिष्ट पार्टी माओवादी (नेकपा)ले आज असार २२ गते नेपाल बन्दको घोषणा आह्वान गरेको कुरा हल्ला मात्रै भएको प्रहरीले जनाएको छ।

भ्रष्टाचार, महंगी, बलत्कारी, तस्करी र गुण्डागर्दीको भण्डाफोर गरि सम्पूर्ण राजबन्दी रिहाईको माग गर्दै नेकपाले आज नेपाल बन्दको घोषणा गरेको समाचार विभिन्न सञ्चारमाध्यममा आएका भए पनि यो हल्ला मात्रै भएको प्रहरीले जनाएको हो ।

सरकारले देशका लागि एउटा पनि राम्रो काम नगरेको भन्दै असार २२ गते बन्दको घोषणा गरिएको एउटा विज्ञप्ती समेत बाहिरीएको थियो । नेपाल प्रहरीका अनुसार त्यो विज्ञप्ती नक्कली हुनसक्ने देखिएको छ । प्रहरीले बन्दको आधिकारीक जानकारी छैन्, त्यो हल्ला मात्रै हो भनेर पुष्टि गरेको छ ।

प्रकाशित मिति: २२ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्