भारी वर्षापछि बाढीले सतर्कता तह पार गर्यो
काठमाडौं, असार २२
राजधानीमा भारी वर्षापछि विष्णुमति नदीमा बाढीले सतर्कता तह पार गरेको छ । जल तथा मौस विभागले एक सूचना जारी गर्दै वर्षा जारी रहेको र जलसतह बढ्दो क्रममा रहेकाले सर्तक हुन आह्वान गरेको छ ।
विभागले नयाँ वसपार्क क्षेत्रदेखि टेकु दोभानसम्मको तटीय होचा स्थानमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।