चल्न थाल्यो सरकारको ‘ब्याक गियर’


 


काठमाडौं–केही समय अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राम्रो काम गर्दै जाने र कुनै निर्णयबाट पछाडि नहट्ने आत्मविश्वासका साथ भनेका थिए, ‘सरकारको ब्याक गियर छैन । अब अगाडि बढेको बढ्यै गर्छ ।’

विकास, सुशासन र भ्रष्टाचार विरोधी काममा मात्र होइन, हरेक विषयका निर्णय राम्रो गर्ने र त्यसबाट पछाडि नहट्ने प्रधानमन्त्री ओलीको भनाई थियो । तर, दुई तिहाइ बहुमतको शक्तिशाली सरकारका पछिल्ला केही विवादले सरकारमाथि दवाव पनि बढ्दै गएको छ । परिणामतः सरकार केही निर्णयबाट पछाडि हटेको छ । नेकपाका नेताहरुले भने सरकारले जनभावनाको सम्मान गरेर केही निर्णयबाट पछाडि हटेको दावी गरेका छन् । तर, सरकारको पछिल्लो एक निर्णयमा भारतीय भूमिका र दवाव देखिएको छ ।

पछिल्लो पटक सरकारले भारतबाट विषादी परीक्षण गरेर मात्रै तरकारी र फलफूल आयत गर्न दिने निर्णय स्थगित गर्यो । बाणिज्य तथा आपूर्ति मन्त्रालयले असार २ गते राजपत्रमा सूचना प्रकाशित गरेर विदेशबाट तरकारी तथा फलफूल आयात गर्दा विषादीको मात्रा अनिवार्य रुपमा परीक्षण गर्नुपर्ने नियम लागू गरिसकेको थियो । सरकारले यसलाई नागरिकको स्वास्थ्यसँग जोडिएको विषय भन्दै निर्णय ठीक भएको बताउँदै आएको थियो ।

प्रकाशित मिति: २२ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्