व्यवस्था होइन, पुरै राजनीतिक प्रणालीमा नै परिवर्तन : मुख्यमन्त्री राई



काठमाडौं, असार २२
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाल नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ । अमेरिकाको बाल्टिमोरमा शुरु भएको नेपाली राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री राईले व्यवस्था होइन, पुरै राजनीतिक प्रणालीमा नै परिवर्तन भएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, नेपाल नयाँ युगमा प्रवेश गरेसँगै नयाँ प्रणालीमा रुपान्तरित भएको छ । नेपाल शान्ति, स्थिरता र सुशासनको बाटोमा अगाडि बढिरहेको बताउँदै मुख्यमन्त्री राईले नेपालमा लगानीको उपयुक्त बातावरण बनेको कार्यक्रममा जानकारी दिनुभयो ।

नेपालमा लगानीको उपयुक्त वातावरण बनेको छ, मुख्यमन्त्री राईले भन्नुभयो जसको उदाहरण भर्खरै नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनले पुष्टी गर्छ । नेपालको तिव्र विकासका लागि संघीय प्रणाली अबलम्बन गरेको बताउँदै मुख्यमन्त्री राईले संघीयताले नै हिमाल, पहाड र तराईलाई जोड्ने बताउनुभयो ।

हामीले नयाँ प्रणाली त्यत्तिकै रोजेका छैनौं मुख्यमन्त्री राईले भन्नुभयो, सबै प्रकारका विभेद र असमानताका खाडलहरु अन्त्य गर्दै नागरिकहरुलाई छिटो र छरितो रुपमा सेवा प्रवाह गर्न संघीय प्रणाली रोजेका हौं ।

सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले संसारभर छरिएर रहेका नेपालीहरुलाई विभाजित नहुन आग्रह समेत गर्नुभयो । आफ्नो मातृृभुमीका लागि केही गर्ने बेला आएको छ, मुख्यमन्त्री राईले भन्नुभयो, एकता, आपसी विश्वास, सद्भाव, सम्मान र सहकार्यबाट नेपालको विकासमा जुट्न म हार्दिक अपील गर्दछु ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News