विषादी परीक्षण प्रकरण : प्रधानमन्त्री ओलीले किन ढाँटे?


 


काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी परीक्षण रोक्न भारतको दबाब नआएको दाबी गरेको ठीक एक साताअघि नै भारतीय दूतावासले परराष्ट्र मन्त्रालयलाई ‘दबाबमूलक’ पत्र पठाएको खुलेको छ।

नेकपा संसदीय दलको शनिबारको बैठकमा ओलीले तरकारीमा विषादी परीक्षण रोक्न कुनै पत्र नआएको दाबी गरेका थिए। कान्तिपुर दैनिकमा समाचार छ, जबकि काठमाडौंस्थित भारतीय दूताबासबाट परराष्ट्रलाई सम्बोधन गर्दै असरा १४ मै पठाएको पत्र सोमबार सञ्चार माध्यममा सार्वजनिक भएको छ।

पत्र सार्वजनिक भएसँगै प्रधानमन्त्रीले यसबारे जानकारी नै नपाएका हुन् वा जानकारी पाएर पनि लुकाउन खोजेका हुन् भन्ने प्रश्न उठेको छ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले सोमबार पत्रकार सम्मेलनमार्फत यो प्रकरणमा ‘सचिवहरूले आफूलाई गुमराहमा राखे’ भन्ने अभिव्यक्तिले नि सरकारी निकायबीचको समन्वयमा संशय बढेको छ।

शनिवारको बैठकमा नेकपाका सांसदले पत्रबारे सुइँको पाएरै होला ‘सरकारले भारतसँग झुकेर विषादी परीक्षण रोकेको हो? भन्ने प्रश्न गरेका थिए। जवाफमा ओलीले भनेका थिए, कसैको दबाबमा विषादी परीक्षणबाट सरकार पछि हटेको होइन। भारतबाट पत्र आयो रे! खोइ कसलाई आयो पत्र? कसले पढ्यो त्यो पत्र? मलाई थाहा छैन।’

प्रकाशित मिति: २४ असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्