प्रचण्ड र माधव नेपाल निवासमा कस्ले राख्यो सुराकी ?


 


काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपालका निवास सुराकीको घेरामा परेका छन् । नेकपाभित्र आन्तरिक किचलो सूरु भएलगतै प्रचण्ड निवास खुमलटार र नेपाल निवास कोटेश्वरमा सुराकीले निगरानी गरिरहेका छन् ।

दाहाल र नेपाल निवासमा को-को नेता आउने जाने गरेका छन् रु त्यसको जानकारी लिने गरी दुई नेताको घर नजिकै केही सुराकीले आफ्नो कोठा नै लिएर बसेका छन् । उनीहरुले लिएको सुचना कहाँ पठाउँछन् ? ‘सुचना कहाँ पठाउँछन त्यो थाहा हुन सकेको छैन तर केही समयदेखि केही ब्यक्तिहरुले निगरानी राखेको हामीले चाल पाएका छौ’प्रचण्ड निकट एक नेताले भने ।

तत्कालिन एमालेको महाधिबेशनका बेला नेपाल निवास कोटेश्वरमा केही सुराकी परिचालन भएका थिए । उनीहरुले भारतीय दूतावाससम्म सुचना पुरयाउने गरेको जानकारी नेपालको सचिवालयले चाल पाएको थियो । नेता नेपालको निवास नजिक कोठा भाडामा लिएर बसेका रुकुमतिरका एक युवालाई नेपालको सचिवालयले पहिचान पनि गरेको थियो ।

नेपाली थरका ति युवाले नेपाल निवास नजिकै कोठा भाडामा लिएर बसेका थिए । उनले त्यहाँका सुचना बाहिर दूतावाससम्म पठाउने गरेका थिए । उनी कहिलकाँही आफु तत्कालिन एमालेको विदेश विभाग प्रमुख भएको दावी पनि गर्ने गर्दथे ।

ठिक त्यही शैलीमा यतिबेला नेकपाका दुई नेताको निवासमा सुराकी परिचालन भएका छन् । उनीहरुले सुचना कहाँ पठाउँछन् त्यसको एकिन भने दुवै नेताको सचिवालयले गरिसकेको छैन । सुराकीमा रुपमा खट्टिएका ब्यक्तिमाथी दुवै नेताका सचिवालयले निगरानी बढाएका छन् ।

दाहाल र नेपालबीच यतिबेला राजनीतिक सम्बन्ध निकट बन्दैछ । केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओली अर्का अध्यक्ष दाहालसँग मिलेर वरिष्ठ नेता नेपाललाई किनारा लगाउने पक्षमा थिए । नेपाललाई किनारा लगाउनकै लागि चन्द्रागिरीमा दूई अध्यक्षले आवासीय सम्वाद पनि गरेका थिए । तर दाहालले नमानेपछि जिल्ला कमिटी र जनवर्गीय संगठनमा नेपाल पक्षले न्यायोचित स्थान पाएको थियो । उता राजनीतिक प्रतिवेदनमा जनता बहुदलिय जनवाद लेख्नु पर्ने ओलीको अडानलाई नेपालले साथ नदिएर प्रचण्डलाई गुन तिरे । यी दुई नेताबीच यतिबेला गहिरो सम्वाद पनि चलिरहेको छ ।

दुई नेताबीच गहिरो सम्वाद चलिरहेका बेला उनीहरुका निवास सुराकीको निगरानीमा परेका छन् । दाहाल र नेपालले कुन नेतालाई कुन समयमा भेट्ने गर्दछन् त्यसको सूचना लिने गरेका छन् भने दुई नेताको गहिरो सम्बन्धलाई लिएर प्रधानमन्त्रीका दुई सल्लाहकारले कडारुपमा सामाजिक सञ्जालबाट प्रतिक्रिया पनि दिन थालेका छन् । एकसाता अघि परराष्ट मामिला सल्लाहकार राजन भट्टराईले आक्रोसपूर्ण ट्वीट गरेका थिए भने आइतवार विहानै राजनीतिक सल्लाहकार विष्णु रिमालले तल्लो स्तरमा झरेर ट्वीट गरे ।

प्रकाशित मिति: २४ असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्