चर्चित मेयर द्वारिकलाल चौधरीले खाइदिए निर्दोष कर्मचारीको जागिर’



इटहरी : केही साताअघि इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरी सामाजिक सञ्जालमा चर्चित भए। भ्रष्ट कर्मचारीलाई तह लगाउने भन्दै पदीय मर्यादा भुलेर उनी भौतिक आक्रमणमै उत्रिए। त्यसपछि कर्मचारीले उनीविरुद्ध नाराबाजी गरे कार्यालय परिसरमै। भ्रष्टाचारविरोधीका रुपमा चिनिएका उनै चौधरीले घुस लिएको भन्दै नगरपालिकाका एकजना सब-ओभरसियरलाई जागिरबाट निकाले। वैदेशिक रोजगारीमा रहेका चानक पोखरेलकी श्रीमती रीतासँग घुस लिएको आरोप लगाउँदै सब-ओभरसियर राम खड्कालाई दुर्व्यवहार गर्दै उनले कार्यालयबाट निकालेका थिए।

सब-ओभरसियर खड्कालाई निकाल्नुभन्दा अगाडि उनले कार्यकक्षमा बोलाएर दुर्व्यहार गरेका थिए। घुसको झुटो आरोप प्रशासकीय अधिकृतको कार्यकक्षमा पुग्नेबित्तिकै प्रमुख चौधरीले ‘तैँले चानक पोखरेलको श्रीमती रीता पोखरेलसँग घुस खाएको होइन’ भन्दै मेयर चौधरीले खड्कालाई झपारे। कहिल्यै नाम नसुनेका व्यक्तिबाट घुस खाएको आरोप लागेपछि अन्तर्मुखी स्वाभावका खड्का केही नबोली चुप रहे।

चुप लागेर उभिइरहेकै बेला सबै फाँट प्रमुख र प्रमुख प्रशासकीय अधिकृतका अगाडि घुस्या भन्दै गाली गरेको खड्काले दुखेसो गरे। ‘म केही बोलिनँ, त्यहाँ प्रतिवाद गर्न थालेको भए अर्को दुर्घटना हुनसक्थ्यो। केही नभनी बाहिर निस्किएँ’, खड्काले सुनाए। त्यहाँ बोल्न थाले झन् ठूलो दुर्घटना हुने देखेर आफूलले केही नबोलेको बताउँछन् खड्का। मेयरको व्यवहार देखेर आफूलाई बोल्न मन नलागेको उनले सुनाए। ‘मैले घुस खाएको छैन मेयर सा’ब भनेर भनेँ,’

खड्काले सुनाए, ‘करार कि स्थायी भन्दै कड्केर सोधे, मैले करार भनेपछि ‘गेट आउट’ भन्दै कोठाबाट बाहिर जान भनेँ।’ तीन महिना पुरानो आरोप इन्जिनियर खड्काले आफूसँग कुनै पैसा नलिएको स्वयम् रिता पोखरेल बताउँछिन्। २०७५ वैशाख २४ गते तत्कालीन सब-इन्जिनियर मनोज चौधरीले हस्ताक्षर गरेको घर नक्सा सम्पन्‍नको प्रमाणपत्र उनले लिएकी थिइन्।

तर, उनले २०७५ वैशाख २४ गते घर सम्पन्‍न प्रमाणपत्रका लागि राम खड्का नभएर मनोज चौधरी आएको बताएकी छिन्। ‘मैले एक वर्षअगाडि चौधरी भाइको हस्ताक्षरमा घर सम्पन्‍न प्रमाणपत्र लिएकी हुँ’, पोखरेलले भनिन्, ‘एक वर्षपछि अर्का ओभरसियरलाई घुस दिएको कुरा आउँदा अचम्म लाग्यो।’

निराधार आरोप पोखरेलले मात्र होइन उपमहानगरपालिकाको अभिलेखमा पनि सब-ओभरसियर खड्काले घुस लिएको आरोप निराधार भएको प्रमाण भेटिएको छ। २०७५ वैशाखमा घुस लिएको भनेर चौधरीको दुर्व्यवहारमा परेका खड्का २०७५ साउन महिनामा मात्रै घर नक्सा फाँट अर्थात् नक्सा पास गर्ने शाखामा काम गर्न आएका थिए। घर नक्सा फाँटले हेर्ने घर सम्पन्‍नको प्रमाणपत्र पोखरेलले पाएको समयमा खड्का योजना शाखामा थिए।

तत्कालीन प्रशासकीय अधिकृत सञ्जय अधिकारीको हस्ताक्षर २०७५ साउन ३ गते चलानी नम्बर ७३ को पत्रका आधारमा मात्रै योजना शाखाबाट खड्का घर नक्सा फाँटमा पुगेको देखिन्छ। तत्कालीन सब-इन्जिनियर मनोज चौधरीले हस्ताक्षर गरेर घर नक्सा सम्पन्‍ने गरेको केशमा आफूलाई मेयरले मुछेकोमा खड्का मानसिक तनावमा छन्। ‘प्रमुख सा’बकै कार्यकाल सुरु भएपछि म करारमा नियुक्त भएको हुँ। प्राविधिक काम गर्ने मैले घुस खाएको छैन, मलाई नखाएको विष लाग्यो’, इन्जिनियर खड्काले भने।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News