बजेट कुम्ल्याउन असारको झरीमा पनि पिच


 


कैलाली । असार आर्थिक बर्षको अन्तिम महिना मात्रै होइन–विकास बजेट सक्न खोलामै पैसा बगाएर जस्तै लापरवाही तरिकाले राज्यकोष सक्ने महिना पनि हो । यसको उदाहरण देखिएको छ कैलालीको गौरीगंगा नगरपालिकाको पहलमानपुर बजारमा ।

यहाँ असारे झरीसँगै सडकमा कालोपत्रे भइरहेको छ । केही मजदुर कालोपत्रे गर्दै छन्, भने कोही ओत लागेका छन् । हिलोबाटोमा अलकत्रा र कालोपत्रे मसला हालिदै छ । यो पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको पहलमानपुर सडक खण्ड हो ।

झरीमा यसरी कालोपत्रे गर्ने सुरेश पन्तको वल्र्डवाइड उच्चकोटी निर्माण कम्पनी हो । ६ करोड बढीको लागतमा निर्माण भइरहेको सडकको यो अवस्थाले असारे विकासको चरम लापरबाही भएको देखाउँछ ।

प्रकाशित मिति: २५ असार २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्