उर्लाबारीमा मावा खोलाले बगाएकी महिलाको उद्धार



उर्लाबारी, असार २६

मोरङको उर्लाबारी नगरपालिका – ६ स्थित मावा खोलाले बगाएकी एक महिलाको प्रहरी र स्थानीयबासीले उद्धार गरेका छन् ।
आज दिउँसो उर्लाबारी र दमक नगरपालिकाको सिमा भएर बग्ने मावा खोलामा आएको बाढीले बगाएर ल्याएको दाउरा संकलन गर्ने क्रममा सोही ठाउँकी ४६ वर्षिया सुमित्रामाया कुमाललाई खोलाले बगाएको थियो ।

खोलाले बगाएकी महिलालाई इलाका प्रहरी उर्लाबारीबाट प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाको नेतृत्वमा खटिएको प्रहरीको टोली र स्थानीबासीले उद्धार गरेका हुन् ।

खोलाले बगाएर एक किलोमिटरभन्दा तल पुर्‍याएपछि उर्लाबारी–७ बाट महिलाको उद्धार गरिएको प्रहरी निरीक्षक तिमल्सिनाको बताए।  घाईते महिलाको उर्लाबारी ५ स्थित अरनिको अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News