सप्तकोशी ब्यारेजमा भारतको बद*मासीले सुनसरी डुब्न थाल्यो ३५ परिवार विस्थापित


 


सुनसरी । निरन्तरको वर्षाका कारण हरिनगर गाउपालिका–५ वसन्तपुरस्थित सुकसेना टोलका ३५ घरपरिवार विस्थापित भएका छन्। उनीहरुलाई प्रहरीले उद्धार गरेर स्थानीय विद्यालयमा सुरक्षित राखेको छ । सुकसेना टोलमा घुँडाघुँडासम्म पानी जमेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र फुयालले जानकारी दिए।

भारी वर्षा जारी रहेकाले सो क्षेत्रमा थप उद्धारमा कठिनाइ हुनसक्ने उनले बताए। केही दिन पहिले सो स्थानमा नयाँबाटो निर्माण गर्दा पानीको निकास नभएर बस्ती डुबानमा परेको बताइएको छ। गाउँपालिका अध्यक्ष एवं वडाध्यक्षहरुसँग समन्वय गरेर पानीलाई निकास दिने प्रयास गरिरहे पनि भारी वर्षाले कठिनाइ भएको फुयालले बताए।

भारदह क्षेत्रमा सप्तकोशी ब्यारेज बनाएर आफ्नो मुलुकमा सिंचाईका लागि पानी लगेको भारतले बनाएको बाँधका कारण सुनसरी डुवानमा पर्दै आएको छ । ठूलो बर्षाहुँदा पानीको निकास नै बन्द हुने भएकाले सप्तकोशी आसपास र सुनसरी क्षेत्रका नागरिकको जीउ धन नै जो*खिममा पर्दै आएको छ ।

यतिमात्र हैन अहिले उक्त ब्यारेजको स्पर कमजोर हुँदै गएका छन् । भारतले ब्यारेजको स्पर परिवर्तन गरेको छैन । नदीको बहावले धक्का हान्नुका साथै कटान हुन सक्ने सम्भावना उच्च रहेको छ । यस्तो ख*तरा रहने हुँदा तटिय क्षेत्रमा विशेष सावधानी अपनाउनुपर्ने कोशीका जानकार रविन घिमिरेको भनाइ छ ।

नदीमा थुप्रिएको बालुवाका कारण कोशीको बहाव क्षमतामा ह्रास आएको छ। घिमिरेका अनुसार ३ लाख क्युसेकको बहाव समेत कोशीका लागि खत*रापूर्ण हुन सक्ने भएको हुँदा पूर्व तयारी र साव*धानी अपनाउनुपर्ने हुन्छ। स्पर मर्मत र नियमित अनुगमनको क्रमलाई जारी राखिएको सुनसरी प्रशासनले जनाएको छ।

अघिल्लो वर्ष वर्षायामको मध्यतिर कोशी नदीमा पानीको बहाव पौने ४ लाख क्युसेक प्रतिसेकेण्ड पुगेको थियो। पानीको उचित निकासको अभाव र बन्दै गरेका सडक लगायतका संरचनाका कारण धेरैजसो स्थानमा पानी जम्न पुगेको छ। खाल्टा खुल्टीमा जमेको पानी र सडक बाटोको जिर्ण र हिलाम्य अवस्थाका कारण आवतजावतमा समस्या देखा परेको छ ।

प्रकाशित मिति: २७ असार २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्