नेपालीको चित्कार भारतले सुनेनः प्रकृतिले सुन्यो र भारतीय बाँध आफैं फुट्यो


 


रौतहट, २८ असार– नेपाली पक्षले पटकपटक आग्रह गर्दा पनि भारतीय पक्षले खोल्न अस्वीकार गर्दै आएको रौतहटको राजवेदी नगरपालिका स्थित बेलबिछुया बाँध फुटेको छ ।

पानीको उच्च बहावका कारण बाँध आफैं फुटेको हो । भारतको बैरगनिया र रौतहट सदरमुकाम गौर बीचमा भारतले बाँध बाँधेको थियो । सोही बाँधका कारण सदरमुकाम गौरसहित अधिकांश भूभागमा १० फिटभन्दा गहिरो पानी जमेको थियो । लगातारको अबिरल वर्षाका कारण रौतहट पूरै डुबानमा पर्दा पनि भारतले बाँध खोल्न मानेको थिएन ।

नेपाली पक्षले बाँधको ढोका खोल्न आग्रह गरेपछि भारतले उल्टै बाँध भएको क्षेत्रमा आफ्नो सीमा सुरक्षा बल एसएसबी तैनाथ गरेको थियो । त्यसको सामाजिक सञ्जालमा व्यापक विरोध भएको थियो । धेरैले रोटी बेटीको सम्बन्ध भनेको यही हो ? भन्ने प्रश्नसहित फेसबुकमा ‘गो ब्याक इण्डिया’ लेखेका छन् । बाँध फुटेपछि सिमावर्ती भारतीय दरगनिया बजार डुबानमा परेको छ ।

प्रकाशित मिति: २८ असार २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्