ओली सरकारले ‘कुटनीतिक पहलपछि भारततर्फ बाँधिएको बाँध खोलियो,भिडियो सहित
काठमाडौं भारतसँगको समन्वयमा सर्लाहीस्थित मलंगवा–भारत सीमामा पानीको बहाव खुलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग समन्वय गरि पानीको बहाव खुलाइएको हो ।
सीमा क्षेत्रमा पानीको बहाव थुनिएपछि शुक्रबार बिहानैदेखि मलंगवा बजारका केही ठाउँ डुबान परेको थियो । प्रधानमन्त्री ओलीले ट्वीट गर्दै बाढी, पहिरो गएका क्षेत्रमा उद्धारका लागि तदारुकताका साथ सुरक्षाकर्मी परिचालन गरेको बताएका छन्।
बाढीसँगै उद्दारका लागि तदारुकतासाथ सुरक्षाकर्मी परिचालन गरिएको छ र पूर्व सूचना प्रणालीलाई अझ प्रभावकारी बनाउन सम्बन्धित मन्त्रालय सक्रिय छन्’ प्रधानमन्त्रीले भनेका छन्, ‘सर्लाहीस्थित भारतसँगको सीमा क्षेत्रमा दुई देशबीच समन्वय गरी बहाव खुलाउने काम भइरहेको छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी ले पनि मलंगवा नगरपालिकाको गोरखकाली भन्ने ठाउँमा थुनिएको पानीको बहावलाई खुलाइएको जानकारी दिए । बागमती नदीका विभिन्न ठाउँमा बाँध फुटेर बस्ती जोखिममा परेको प्रजिअ ले बताए ।
प्रकाशित मिति: २८ असार २०७६, शनिबार