गणतन्त्र दिवसकाे अवसरमा कति कैदीले माफी मिनाहा पाए ?


 


काठमाडौँ, जेठ १५

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नवौँ गणतन्त्र दिवसको उपलक्ष्यमा अाठ सय ८७ कैदीलाइ बाँकी कैदकाे सजाय मिनाहा गरिदिएकी छिन् । असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका कैदीहरूकको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ध्रुवराज आचार्यले प्रेस विज्ञप्तिमा याे कुराको जानकारी दिएका हुन् ।

प्रकाशित मिति: १५ जेष्ठ २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्