यस्तापनि वडाध्यक्ष–टुडु परिवारको बरदान बने



झापा बिषाक्त च्याउ खाएर बिरामी परेका झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का तीन जनाको उपचार खर्च वडाका अध्यक्ष मनोज खुलाल कार्कीले व्यहोरेका छन ।

उपचार खर्चको अभावमा छट्पटाएका उनिहरुको सम्पुर्ण औषधी उपचार खर्च नगरकै उमेरले कान्छो वडा अध्यक्ष खुलालले व्यहोरेका हुन । गएको असार २५ गते बारीवाट टिपेर ल्याएको बिषाक्त च्याउको तरकारी खाँदा एकै परिवारका तीन जना सख्त बिरामी परेका थिए ।

वडा सचिव रुद्र अधिकारीका अनुसार चेम्पी टुडु, उमेश टुडु र राम टुडु बिरामी परेका थिए । आर्थिक रुपमा अति विपन्न टुडु परिवाको उपचार खर्च नहुँदा वडाका नागरिकको जीवन रक्षा अभिभावकले गर्नुपर्ने ध्येयका साथ वडा अध्यक्ष खुलालले तीनै जनाको खर्च व्यहोरेका हुन । खुलाल काम विषेशले काठमाण्डौमा छन ।

तीन जना वडाका नागरिक विषाक्त च्याउको तरकारी खाएर विरामी परेको खवर सुनेपछि उनले आईएमईवाट वडा सचिव अधिकारीलाई नगद पठाएका थिए ।

बिरामी तीनै जनाको शिवसताक्षी नगरको दुधे स्थित अंसु मेडिकल हलमा उपचार भएको थियो । तीन दिनको उपचार पछि उनिहरु सामान्य अवस्थामा घर फर्किएका छन । वडा संग वजेट नभएकाले आफैले उपचार गरिदिएको वडा अध्यक्ष खुलालले वताए । खुलालले नगरपालिकाबाट यातायातको सुविधा मोटरसाईकल समेत लिएका छैनन् ।

‘मरिन्छ जस्तो लागेको थियो’ विरामी परेका मध्ये उमेशले भने —‘वडा अध्यक्ष मनोज हाम्रो जीवनको वरदान वने पछि हामीले पुर्नजीवन पायौ भयौ ।’

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News