फिफा अध्यक्षमा सेप ब्लाटर विजयी


 


blatter_3काठमाडौं जेठ १६

फुटबलको सर्वोच्च संस्था  विश्व फुटबल महासंघ (फिफा) को अध्यक्षमा पुनः सेप ब्लाटर निर्वाचित भएका छन्। ब्लाटर पाँचौ कार्यकालका लागि  फिफाको अध्यक्ष चुनिएका हुन्।
फिफाको मुख्यालय स्विजरल्याण्डको जुरिचमा सम्पन्न ६५ औं कंग्रेसबाट ब्लाटर विजयी भएका हुन्। ब्लाटर सन् १९९८ देखि अध्यक्ष रहँदै आएका छन्।  ब्लाटर विरुद्ध उम्मेदवारी दिएका जोर्डनका राजकुमार अलि बिन अल हसनले हार स्विकारेका छन्। उनले ७३ भोट पाएका थिए भने अध्यक्ष चुनिएका ब्लाटरले १३३ भोट प्राप्त गरेका थिए।
रोयटर्सका अनुसार पहिलो चरणमा कुनै पनि उम्मेदवारले दुई तिहाइ मत प्राप्त गर्न नसकेपछि मतदान कार्यक्रम दोश्रो चरणमा गर्ने तयारी थियो।  दोस्रो चरणमा सामान्य बहुमत ल्याउने विजयी हुने व्ययवस्था छ। तर राजकुमार अलीले दोस्रो राउण्ड जान चाहेनन् र ब्लाटर विजयी भए। युनियन अफ युरोपियन फूटबल एशोसियशनको समर्थनमा चुनावी मैदानमा उत्रेका ३९ वर्षिया अलीले ७९ वर्षिया ब्लाटरलाई पछार्न सकेनन्। बिहिबारमात्र फिफाका वर्तमान र पूर्व अधिकारीलाई भ्रष्टचार प्रकरणमा गरिएको थियो। ब्लाटर भने पक्राउ परेका थिएनन्। भ्रष्टाचारको मुद्दाले ब्लाटरलाई असर पार्ने ठानिएपनि त्यस्तो भएन। २०९ डेलिगेट्स उपस्थित रहेको कंग्रेसमा २०६ भोट सदर भएका थिए। दुई तिहाई बहुमतका लागि १४० भोट आवश्यक थियो।

प्रकाशित मिति: १६ जेष्ठ २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्