सन्थाल बस्तीका बाढीपिडीतसँग उर्लाबारी प्रहरीको चिया कार्यक्रम


 


विजय धिमाल

उर्लाबारी, असार ३०

मोरङको उर्लाबारी ८ बगरटोल सन्थाल बस्ति केहीदिनको वर्षाका कारण विस्थापित भएका ६ परिवार र स्थानीयबासीसँग इलाका प्रहरी कार्यालय उर्लाबारीले सोमबार चिया कार्यक्रम गरेको छ ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिना नेतृत्वको टोली हाल स्थानीय बिद्यालयको आश्रय लिएर बसेकै स्थानमा पुगेको हो । पिडित परिवारहरुसंग हाल सम्म साथ सहयोग भएको छ छैन, के कस्तो समस्या छ, हामीले अझै थप गर्नुपर्ने सहयोग केके छन, स्थानिय जनप्रतिनिधीको आवतजावत के कास्तो छ भन्ने विषयमा छलफल भएको थियो ।

यहाँका समस्याहरु माथिल्लो निकाय सम्म पुर्याउनुपर्ने प्रहरीको दायीत्व भित्र पर्ने भएका कारण यो कार्यक्रम आयोजना गरिएको प्रहरी निरीक्षक तिमल्सिनाले जानकारी दिनुभयो। यसै क्रममा पिडित जेठा मर्डीले भने – विगत ३ वर्ष अघिदेखि पिडित हुँदै आइरहेको अवस्था छ, हाम्रो आफ्नो स्वामित्वमा रहेको जग्गा छैन, वर्षायाममा यसरी जिवन व्यतित गर्नु परेको अवस्था छ, हिउँद लागेपछि त्यही स्थानमा बस्न जानुपर्ने बाध्यता छ हामीलाई सरकारले व्यवस्थित स्थानमा राखिदिए राम्रो हुने थियो ।

बाढीपिडितहरुले मुख्य रुपमा बक्राहा खोलाको दिर्घकालीन तटबन्धको माग गरेका थिए । दिर्घकालिन रुपमा खोला तटबन्ध गरिए समस्या समाधान हुने बताएका थिए ।  प्रहरीले स्थानीयबासी, समाजसेवी र जनप्रतिनिधी लगायतसंग पनि केही जानकारी लिएको थियो। बिस्थापित ६ परिवारका बालबालीका सहित १६ जना रहेका छन् ।  यसअघि खोला कटान गरेको स्थलमा उर्लाबारी प्रहरी समेतको सहभागितामा अस्थायी तटबन्ध निर्माण गरिएको थियो ।

प्रकाशित मिति: ३० असार २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्