आज भारी बर्षाको सम्भावना


 


काठमाडौं, साउन २

मनसुन न्यून चापिय रेखा नेपालको दक्षिणतिर अवस्थित छ जसको कारण मनसुनी गतिविधि देशभर कम सक्रिय अवस्थामा रहेको छ । हाल देशको पश्चिमी भेगमा सामान्य बदली रहेको छ भने मध्य र पूर्वी भेगका पहाडी भेगमा आंशिक देखि सामान्य बदली रहेको छ ।

दिउँसोको समयमा देशभर आंशिकदेखि सामान्य वदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको मध्य र पूर्वी क्षेत्रका एक वा दुइ स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

रातीको सयमा देशभर सामान्य वदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना रहेको छ। देशको एक वा दुई स्थानमा भारि वर्षा हुने सम्भावना छ ।

प्रकाशित मिति: २ श्रावण २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्