विप्लवले भन्यो – धनगढी बम विस्फोटमा हाम्रो संलग्नता छैन


 


धनगढी, साउन ३

सुदूरपश्चिम प्रदेशको राजधानी सहर धनगढीमा बिहीबार राति भएको बम विस्फोटको घटनामा संलग्नता नरहेको स्पष्टिकरण नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले दिएको छ ।

पाँचजना घाइते हुने गरी भएको उक्त विष्फोटको घटनामा नेकपाको संलग्नता नरहेको दाबी कैलाली जिल्ला सेक्रेटरी प्रकाश मल्लले गरेका छन्। उनले सरकारले नियतवश नेकपाको बदनाम गराउन खोजेको दाबी गरेका छन्। “कहीँ विस्फोट र आतंक हुँदा सिधै हाम्रो पार्टीको नाम जोडेर बदनाम गर्ने सरकारको नीति छु, उनले भने, “अनावश्यक रूपमा हामीलाई मुछेर बदनाम गर्ने काम सरकारले बन्द गरोस्।”

प्रकाशित मिति: ३ श्रावण २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्