जापानको आगलागी घटनामा प्रधानमन्त्री ओली दुखी


 


काठमाडौं, साउन ३

प्रधानमन्त्री केपी शर्मा ओलीले जापानको क्योटोस्थित एक एनिमेसन स्टुडियोमा नियतबस आगो लगाउँदा मारिएका व्यक्तिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

जापानी समकक्षी सिन्जो आबेलाई शुक्रबार एक समवेदना सन्देश पठाउँदै ओलीले घटनाप्रति दुःख व्यक्त गरेका हुन्। बिहीबार एक शंकास्पद व्यक्तिले नियतवस क्योटो एनिमेसन सेन्टरमा आगलागी गराउँदा कम्तिमा ३३ जनाको ज्यान गएको थियो भने अन्य दर्जानौं घाइते भएका छन्।

सन्देशमा प्रधानमन्त्रीले मृतका परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वाथ्यलाभको कामना गरेका छन्। कला र रचनाको लोकप्रिय केन्द्रलाई अमानवीय आक्रमण निशाना बनाउने घटनाबाट स्तब्ध र दुःखी भएको छु, प्रधानमन्त्री ओलीको भनाई उद्यृत गर्दै परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ।

प्रकाशित मिति: ३ श्रावण २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्