त्रिभुवन विमानस्थलमा पाँच करोड पर्ने चार बस ल्याइँदै


 


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरणपछि र उड्नुअघि यात्रु तथा क्रु मेम्बर बोक्नका लागि नेपाल वायुसेवा निगमले चारवटा नयाँ र्‍याम्प बस ल्याउने भएको छ।

र्‍याम्प बस भनेको विमानस्थलमा यात्रु बोक्ने सवारी साधन हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ भूमिस्थ सेवा व्यवस्थापन निगमले गरिरहेको छ।

उसले ल्याउन लागेका एउटा बसको मूल्य ५ करोड पर्ने निगमले जनाएको छ। चार वटा बसको २० करोड तिरेर नयाँ बस खरिद गरिएका हुन्। निगमका अनुसार युरोपियन कम्पनीका बसहरु सेप्टेम्बरको अन्त्यतिर नेपाल आउनेछन्।

प्रकाशित मिति: ४ श्रावण २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्