कुण्ठा पोख्ने रोइलोको कुनै अर्थ छैन – सांसद बस्नेत


 


भक्तपुर, ४ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विकास गर्न पनि नसक्ने तर विकासमा कुण्ठा पोख्ने रोइलोको कुनै अर्थ नरहेको बताउँदै रातलाई अध्यारो भयो भनि सराप्नु भन्दा एउटा बत्ती बाली उज्यालो वातावरण सिजर्ना गर्नुपर्ने बताउनुभएको छ ।

जस्तिक तज टोल विकास समितीको आयोजनामा हुनमन्ते नदीमा निर्माण गरिएको ट्रस पुलको उद्घाटन कार्यक्रममा बोल्दै सांसद बस्नेतले विकासमा विरोध नभई सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘रातलाई सराप्ने हैन, सक्छौं भने एउटा बक्ति बाल, रातलाई नसराप । रातलाई सरापेर समय खेर नफाल्नुहोस्, एउटा बत्ती बाल्नुहोस् । रातमा एउटा बत्ती पनि नवाल्ने अनि रातभरी अध्यारोमा बसेर सराप्ने कार्य छाड्नुहोस् ।’

समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाक्षालाई पुरा गर्न विकासमा ऐक्यवद्धता, राजनीतिमा प्रतिपर्धा भन्ने नारालाई आत्मसात् गरी अघि बढ्नु अहिलेको अपरिहार्य रहेको बताउँदै उहाँले सडक निर्माण भइरहेको कामलाई नदेखाई बिच भागको हिलोमात्र देखाएर विभिन्न सामाजिक सञ्जालमा पोष्ट गरी केही मिडियामा अन्तरवार्ता छाप्न लगाएर अनावश्यक प्रचार गर्न खोजिएकोमा दुःख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘ कहीँ कतै विग्रीएको छ भने पिर नगर्नुस्, त्यो बन्छ त्यसको जिम्मा जनप्रतिनिधिले लिएका छौं । हनुमन्ते करिडोर निर्माणमा अहिले विरोध गर्नेको रेकर्ड सुरक्षित हुनेछ, अबको दुई वर्ष पछि निर्माण सम्पन्न भएपश्चात त्यो रेकर्ड पुन बजाइने छ, अनि त्यो रेकर्डको छलफल गरौंला ।’

हनुमन्ते करिडोर निर्माण प्रकृयलाई पनि वास्तविकतालाई लुकाई गलत तरिकाले प्रचार गरिएको बताउँदै उहाँले भन्नुभयो, ‘विभिन्न व्यक्तिले विभिन्न प्रकारका आफ्ना व्यक्तिगत स्वार्थका कारण कुण्ठाहरु प्रस्तुत गर्न सक्छन्, जुन मानविय कमजोरी हो । विभिन्न मानिसका स्वार्थहरु विभिन्न ठाउँमा ठोक्किएला त्यो उनीहरुको मानविय कमजोरी हो । सामुहिक स्वार्थ र राष्ट्रिय स्वार्थ जहिले पनि व्यक्तिगत स्वार्थभन्दा माथि हुन्छ । कुनै व्यक्तिगत अनेक स्वार्थमा हनुमन्ते करिडोरलाई प्रयोग गर्छ भने त्यो नसोचे हुन्छ, यो भक्तपुरका जनताले सहजै रुपमा व्यक्तिगत स्वार्थ पुरा हुन दिने छैनन् ।’

हनुमन्ते नदीको करिडोर निर्माणमा भक्तपुरका कुनै पनि जनतालाई अन्याय नुहने बताउँदै ल्याण्ड पुलिङको माध्यमबाट उचित क्षतीपूर्तिको व्यवस्था गरिनेमा सवै जनता ढुक्क हुन आग्रह समेत गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘सूर्यविनायक नगरपालिका र मध्यपुर थिमी नगरपालिकाको सहकार्यमा ल्याण्ड पुलिङ (जग्गा एकिकरण आयोजना)को माध्यमबाट बैज्ञानिक तवरले कार्य अघि बढाएकोले कसैलाई समस्या आउँदैन, भक्तपुरका जनतालाई अन्याय हुँदैन । समस्याबाट आत्तीनु पर्दैन, जसरी समस्या आउँछ त्यसरी नै समाधान पनि आउँछ ।’

अघिल्लो वर्षभन्दा बढी पानी यो वर्ष परेता पनि यो वर्ष करिडोरका कारण डुवान नभएको जसले स्थानीयवासीमा करिडोर निर्माणको लागि थप उत्साह पैदा भएको बताउँदै सांसद बस्नेतले जनताको सुझाव आगामी वर्ष करिडोर बालकुमारीसम्म पुर्याउनु पर्ने रहेको बताउनुभयो । काम रोकिन्छ की, विवाद छ रे भन्ने स्थानीयवासीको आशंका रहेको बताउँदै उहाँले सामाजिक तथा राष्ट्रिय स्वार्थभन्दा माथि व्यक्तिगत स्वार्थ नहुने भएकाले करिडोर निर्धारित समयमा नै सम्पन्न हुनेमा कुनै शंका नगर्न स्थानीयवासीलाई आग्रह समेत गर्नुभयो ।

कतिपय विरोधी मानिसहरुले कहाँ गल्ती र कमजोरी होला भनेर हेरिरहने गरेको बताउँदै उहाँले भन्नुभयो, ‘राजनीतिमा विरोधिको भूमिका पावर वाला चस्मा जस्तै हो । कहिले काँही हामीले नदेखेको कुराहरु विरोधिले देखाईदिनुहुन्छ । त्यसैले उहाँहरुको भूमिकालाई पावरवाला चस्माको संज्ञा दिएको छु ।’ उहाँले अवको दुई वर्ष पछि बालकुमारीदेखि भक्तपुरसम्म अरनिको राजमार्गको बैकल्पीक राजमार्गको रुपमा सञ्चालनमा ल्याएरै छोड्ने प्रतिवद्धता समेत दोहोर्याउनुभयो ।

पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले आएको विकासलाई अनेक बहाना बनाएर रोक्ने अनि त्यहाँ त त्यती विकास भयो, यहाँ किन भएन भनि विरोध गर्ने गरेको बताउनुभयो । उहाँले बालकोटमा सिमाङ्कन तथा विभिन्न बहानामा समस्या उत्पन्न गराई पहिले आएको बजेटमा काम हुन नदिएको तर अहिले पुनः उक्त बजेटलाई काम अघि बढाइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सस्तो प्रचारको कुनै मूल्य हुँदैन । एक महिना पछि उक्त निर्माणधिन सडकमा हिलो देख्नुहुने छैन, सडक कालोपत्रे भइसक्छ ।’

जेठ ३ गते मदन आश्रीत दिवशको अवसमा शिलान्यास गरिएको उक्त पुल करिव दुई महिनामा नै सम्पन्न भएको जानकारी गराउँदै उहाँले भक्तपुरमा निर्माण गरिएका पुलहरु अधिकाशं दुई तीन महिनामा निर्माण गरिएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय उपभोत्ताको चासो, स्थानीय तहको सक्रियता, निर्माण व्यवसायीहरुको सक्रियता नै निर्माण सम्पन्न हुनु हो ।’

पाँच अर्वभन्दा बढीका आयोजनाहरु भक्तपुरमा निर्माण सञ्चालन भएको बताउँदै उहाँले ७५ भन्दाबढी सडक, ५० वटा भन्दा बढी खानेपानी, १२ वटा भन्दा बढी पुल, ढल, भू–क्षय, प्रतिजग्गा संरक्षण लगायतका आयोजनाहरु निर्माण भएको बताउनुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख तथा अहुमन्ते नदी सफाई अभियानका संयोजक बाशुदेब थापा, सहसंयोजक तथा उपप्रमुख जुनादेवी बस्नेत, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।

महानगरिय प्रहरी परिसर भक्तपुरमा आयोजित कार्यक्रममा एस.पी. सबिन प्रधानले समन्वय गरि सबै भक्तपुरका बस ब्यबसायी तथा सरोकार वाला निकायका सबै महानुभावहरूलाई जुटाई हनुमन्ते नदी सफाई अभियानको फोहोर मुक्त भक्तपुर बनाउने अभियानमा महत्वपूर्ण भुमिका खेल्न प्रयास गरिरहनु भएकोमा छ । अरनिको राजमार्गबाट गुड्ने यातायात र भक्तपुरको यातायातमा डसबीन राख्नको लागि पहिले देखि गरिंदै आएको पहलले अब सफल पार्ने र सबै गाडिमा डस्बीन राख्ने सहमति भएको छ । बस स्टपहरूमा पनि डसबीन राखि दिनको लागि अनुरोध गर्दा यातायात ब्यबसायिहरूको छिट्टै बैठक बसि सो कति ठाउँमा राखि दिने हो सो कुराको जानकारि आईतबार भित्र गराउने भक्तपुर यातायात ब्यबसायि संघका अध्यक्षले जानकारि गराउनु भएको छ ।

हनुमन्ते नदी सफाई अभियानका अभियान्ता, बरिष्ठ चलचित्र निर्देशक तथा सूर्यविनायक नगरपालिकाका सफाई दुत मदन घिमिरे र भक्तपुर प्रहरी प्रमुख एसपी सविन प्रधानले समन्वय गरी उक्त कार्यलाई अघि बढाउने भएको हो ।

प्रकाशित मिति: ४ श्रावण २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्