साउने सोमबारको महत्व जान्नुहोस्


 


काठमाडौं, साउन ६

साउनलाई भगवान् शिवको महिनाको रुपमा पनि लिने गरिन्छ । यस वर्षको साउनमा चार वटा सोमबार परेको छ । आज साउनको पहिलो सोमबार हो ।

साउनको सोमबारमा भगवान शिवको ब्रत बस्ने चलन छ । देशभरका शिव मन्दिरमा आज महिलाको भीड लागेको छ । साउन महिना हिन्दु नारीहरुका लागि विशेष महत्वको महिना हो । साउन सुरु भए लगतै महिलाहरु रङ्गिन थाल्दछन् ।

हरियो पोते, पहेलो चुरा, हातमा मेहेन्दी र बस्त्र पनि हरियो नै देख्न पाइन्छ । साउन महिनामा खास गरी हिन्दु धर्मालम्बीहरुले भगावन शिवको पूजा आराधना र व्रत बस्ने परम्परा छ । यो महिनाभर महिलाहरु शुद्ध साकारहारी खाना खाने तथा सोमवार ब्रत बस्ने गर्दछन् । आफ्नो परिवारको सुख शान्ति र कुशल मंगलको कामना गरी सोमबार ब्रत वस्ने गरेको महिलाहरु बताउछ्न । साउनमहिना भरी माछा मासु नखाई एक छाक खाना खाने र सोमबार मन्दिर गएर पूजा गरी मनाउने गरेको उनीहरु बताउछन् ।

हरियो पहेंलो र रातोपोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेम, रातोलाई शौभाग्य र पहेँलोलाइ पवित्रताको प्रतिकको रुपमा लिइन्छ । अचेल साउन महिनामा हरियो रातो पहेलो समिश्रण गरी लगाउने चलन स्थापित हुदै आएको छ ।

प्रकाशित मिति: ६ श्रावण २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्