काठमाडौंका सडककाे धुलाेबाट महानगरले ‘इँटा’ निर्माण गर्ने



काठमाडौं । काठमाडाैँ महानगरपालिकाले दैनिक ब्रुमर चलाएर संकलन गरेको धुलोबाट इँटा उत्पादन हुने भएको छ।

महानगरपालिकाले पाँचवटा ब्रुमरबाट दैनिक १० टनसम्म धुलो संकलन गर्दै आएको छ। उक्त धुलोबाट इँटा बनाउने विषयमा छलफल भइरहेको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए।

‘धुलोलाई के र कसरी प्रयोग गर्ने भनेर छलफलमै छौं,’ उनले भने । महानगरको उक्त धुलोलाई खाल्टाखुल्टी पुर्ने र माटो आवश्यक परेको ठाउँमा प्रयोग गर्दै आएको छ। याे खबर आजकाे अन्नपूर्ण पाेस्टमा छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News