मोदीको सपथ ग्रहणमा जाँदा प्रधानमन्त्री ओलीको सरकारी खर्च १२ लाख


 


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो सपथ ग्रहण समारोहमा दुई महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओली एक दिनका लागि दिल्ली पुगे । दिल्लीको सरकारी महिमान बनेका प्रधानमन्त्री ओलीको खर्च भने १२ लाख २१ हजार देखिएको छ ।

प्रधानमन्त्री ओली १६ जेठमा दिल्ली पुगेर १७ जेठमा फर्केका थिए । दिल्लीमा उनको सम्पूर्ण खर्च भारत सरकारले गरेको थियो । नेपालका प्रधानमन्त्री भारतीय सरकारको पाहुना बनेका थिए । तरपनि उनका नाममा राज्यकोषबाट १२ लाख २१ ह्जार ६ सय ७५ रुपैया खर्च भएको विवरण अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ । जसमा हवाई भाडा, दिल्लीको आवास जोडिएको छैन ।

ओली भारत गएकै दिन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री वा पार्टी अध्यक्ष मध्ये एक पद छोड्न ओलीलाई दवाव दिएका थिए । प्राइम टेलिभिजनको कार्यक्रमबाट उनले एक पद छोड्न दवाव दिएका थिए ।

प्रकाशित मिति: ८ श्रावण २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्