ओली–प्रचण्डलाई योगेश भट्टराईको पाँच सुझाव


 


काठमाडौँ । नेकपाले भर्खरै ७७ वटै जिल्ला इन्चार्ज र सह-इन्चार्जहरुको टुङ्गो लगाएको छ । अहिले नेकपाका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी एकतालाइ पूर्णता दिन लागि परिरहेका छन् ।

पार्टीका ३२ विभाग रहेकोमध्ये केही विभागमा पार्टीका शिर्ष नेताहरुले आफ्नो-आफ्नो दावी गरिरहेका छन् । जसले विभागको कुन जिम्मेवारी कस्लाई दिनेबारेमा अन्योल भईरहेको छ । विशेस गरी पार्टीको महत्वपूर्ण र शक्तिशाली मानिएको विभाग संगठन विभाग र स्कुल विभागमा शिर्ष नेताहरुबीच हानथाप भईरहेको छ ।

संगठन विभागमा वामदेव गौतम र रामबहादुर थापा ‘बादल’ले र स्कुल विभागमा इृश्वर पोखरेल र नारायणकाजी श्रेष्ठले दाबी दावी गरिरहेका छन् । यसैकारण कुन विभागको जिम्मेवारी कुन नेतालाई दिने भनेर अन्योलमा रहेका बेला दुवै अध्यक्षलाई योगेश भट्टराईले पाँच सुझाव दिएका छन् ।
उनले बुधबार बिहान फेसवुक मार्फत सुझाव दिएका हुन् । उनले जिम्मेवारी दिँदा योग्यता, क्षमता र रुचीका आधारमा दिन सुझाएका हुन् ।

यस्ताे छ उनकाे सुझाव

नेकपामा कार्यविभाजन र जिम्मेवारी बाँडफाँटका बारेमा बहस भइरहेको सन्दर्भमा निम्न विषयमा नेतृत्त्वको ध्यानाकर्षण गर्दछु ।

१, कुनै पनि व्यक्तिलाई उसको योग्यता, क्षमता र रुचीका आधारमा जिम्मेवारी दिऊँ।

२, कुनै पनि व्यक्तिलाई स्थायी रूपमा कुनै जिम्मेवारी नदिऊँ। हरेक वर्षमा सबैको जिम्मेवारी हेरफेर गरौँ।

३, पार्टीमा भूगोल, विभाग र फाँट गरी कामका तीन क्षेत्र छन। रोटेसनका आधारमा एउटा व्यक्तिलाई तीन वटै क्षेत्रमा काम गर्ने अवसर दिऊँ ।

४, प्रत्येक व्यक्तिको कार्य मूल्याङ्कनलाई वैज्ञानिक प्रणालीका आधारमा पारदर्शी बनाऊँ। हरेक वर्ष व्यक्तिको मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरौँ। त्यसका आधारमा पुरस्कृत र दण्डित गर्ने पारिपाटी बसालौँ ।

५, कुनै पनि व्यक्तिलाई तोकिएको जिम्मेवारी उसलाई बिर्ताका रूपमा दिएको होइन भन्ने कुरा बुझौँ र बुझाऔँ।

प्रकाशित मिति: ८ श्रावण २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्