शिल्पा पोखरेल र छविराज ओझाविरुद्ध पक्राउ पूर्जी जारी



काठमाडौं, साउन ८

निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ। बहुविवाहको उजुरी परेपछि दुवैजनाविरुद्ध पक्राउ पूर्जी जारी गरिएको जानकारी महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले बताए।

छविकी पहिलो पत्नी हेमा ओझाले बहुविवाहको उपुरी गरेपछि यही कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी गरेको हो। अदालतले दुवैलाई पक्राउ गर्न अनुमति दिएको एसएसपी उत्तम सुवेदीले बताए।

‘वहुविवाहको कसुरमा उहाँहरु दुवैविरुद्ध प्रकाउ पुर्जी जारी गरिएको छ, उनले भने। केही दिन अगाडी निर्माता छविकी जेठी श्रीमती हेमाले गौशला प्रहरी वृतमा पुगेर शिल्वाविरुद्ध पनि बहुविवाहको उजुरी दिएकी थिइन्।

शिल्पाले आफूमाथि घरेलु हिंसा भएको भन्दै छविविरुद्ध केही साताअघि काठमाडौं प्रहरी परिसर टेकुमा निवेदन दिएकी थिइन्। त्यसको केही दिनपछि काठमाडौं जिल्ला अदालतमा डिभोर्सका लागि फाइल गरेको सूचना बाहिरिएपछि हेमा प्रहरीकहाँ पुगेकी थिइन्। हेमाले बहुविवाहको मुद्दा दायर गरेपछि छवि-शिल्पाको विवाद र सम्बन्धले नयाँ मोड लिएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News