आज तराइमा भारी वर्षा हुने सम्भावना, सावधानी अपनाउन आग्रह


 


काठमाडौं । आज (बिहीबार) देशको पुर्वी एवं पश्चिम तराइका केही भु-भागमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापिय रेखा तराइ क्षेत्रतिर भएका कारण तराइमा भारी वर्षाको सम्भावना देखिएको हो ।

‘मनसुनको न्यून चापिय रेखा नेपालको पहाडी क्षेत्रबाट तराई भू-भाग हुँदै दक्षिणतिर सरेको छ जसका कारण पहाडी क्षेत्रमा पानी पर्ने क्रम घट्दै गएको छ तर पूर्वी- पश्चिम तराई भू-भागमा भने भारी वर्षा हुने’ महाशाखाले जनाएको हो ।

पहाडी भु-मागमा हल्का वर्षा भएपनि गत दिनहरमा जसो भारी वर्षा नहुने मौसमविद्ले जनाएका छन् । अहिले देशका सबैजसो भू-भागमा सामान्य बदली छ। यतिबेला पूर्वी र मध्यपश्चिम तराईमा भने पानी परिरहेको छ।

तराइ एवं पूर्वीक्षेत्रमा भारी वर्षा हुने देखिएकाले सो क्षेत्रका बासीन्दालाई सावधान भएर बस्न आग्रह गरिएको छ ।

आगामि ३ दिनको मौसम पूर्वानुमान

दिउँसो: देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ। देशको पश्चिम तराईका तथा पूर्वका एक वा दुई स्थानहरुमा भारीको सम्भावना रहेको छ ।

राती: देशभर सामान्य बदली रही केही स्थानहरुमा वर्षा हुनेछ । देशको पश्चिम तराईका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

श्रावण १० गते (शुक्रबार)

दिउँसो: देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ। देशको पश्चिम भेगका एक वा दुई स्थानहरुमा भारीको सम्भावना रहेको छ ।

राती: देशभर सामान्य बदली रहि केही स्थानहरुमा वर्षा हुनेछ | देशको पश्चिम तराईका एक वा दुई स्थानहरुमा भारीको सम्भावना छ ।

श्रावण ११ गते (शनीबार)

दिउँसो: देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ।

राती: देशभर सामान्य बदली रहि देशका केही स्थानहरुमा वर्षा हुनेछ |

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

देशका पश्चिम तराईका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ । त्यसैले ती क्षेत्रका खोलाहरुमा जल सतह बढ्न सक्ने भएकोले नदि वरपरका क्षेत्र, नहर तीर सामान्यसतर्कता अपनाउन अनुरोध गरिन्छ ।

प्रकाशित मिति: ९ श्रावण २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्